बंगलादेशमा सन् २०२५ मा आम निर्वाचन हुन सक्ने सरकारी अधिकारीको अनुमान
ratopati.com · Sat Oct 19 21:45:00 UTC 2024

ढाका । बंगलादेशको अन्तरिम सरकारका एक सल्लाहकारले सन् २०२५ मा आम निर्वाचन हुने प्रवल सम्भावना रहेको बताएका छन् ।
अन्तरिम सरकारका सल्लाहकार डा. आसिफ नजरुलले शनिबार जारी एक विज्ञप्तिमा भनेका छन्, 'अर्को वर्ष निर्वाचन सम्भव होला, तर यसमा धेरै कुरा छन् । सुधार र राजनीतिक सम्झौताले चुनावी वातावरण बनाउँछ । चुनाव गर्नका लागि निर्वाचन आयोग गठन, मतदाता नामावली तयार गर्नेलगायतका काम पनि आवश्यक छ आदि हुन् । यदि यी कुराहरू पूरा गर्न सकियो भने अर्को वर्ष चुनाव हुन सक्छ।'
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)