मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रीमतीको हत्या आरोपमा पक्राउ

nagariknews.nagariknetwork.com · Tue May 26 00:46:32 GMT 2026

श्रीमतीको हत्या गरेको आरोपमा खोटाङका एक युवक सोमबार पक्राउ परेका छन्। जिल्लाको साकेला गाउँपालिका १ बाँझेच्यानडाँडा धारिमका ३३ वर्षीय राजकुमार राई हत्या आरोपमा पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जेठ ८ गते राति ११ः५५ बजे कुटपिट गर्दा २८ वर्षीया श्रीमती शान्ति चर्मकार राईको मृत्यु भएको अनुसन्धानबाट खुलेकाले सदरमुकाम दिक्तेलबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई सोमबारै सदरमुकाम जिल्ला प्रहरी कार्यालय ल्याइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)