मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली सेनाद्वारा दक्षिण बेरुतका बासिन्दालाई गाउँ छोड्न निर्देशन

barnanmedia.com · Sat Oct 19 21:54:54 UTC 2024

इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गर्ने चेतावनी दिँदै त्यहाँका बासिन्दालाई दक्षिणी बेरुतका केही भाग छाड्न आह्वान गरेको छ ।

दक्षिणी उपनगर दाहियाह र विशेष गरी हेरेट हरेइक र वरपरका बासिन्दाहरूलाई तत्काल उक्त क्षेत्र छोड्न निर्देशन दिँदै इजरायली सैन्य प्रवक्ता अविचय अद्राईले एक्समा अरबी भाषामा लेखेको सन्देशमा भनेका छन्, 'तपाईं हिजबुल्लाहसँग सम्बन्धित क्षेत्र र यसको वरपर रहनुभएको छ । इजरायली सेना (आईडीएफ ) ले निकट भविष्यमा त्यस क्षेत्रमा कारबाही गर्न लागेको छ ।'

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)