मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इन्दिरा माविले जित्यो धुर्कोटको राष्ट्रपति रनिङ्ग शिल्ड

rajdhanidaily.com · Mon Jan 12 23:38:38 GMT 2026

गुल्मी । धुर्कोट गाउँपालिकाले संचालन गरेको राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी इन्दिरा माध्यमिक विद्यालयले जितेको छ । पालिकाको वडा नम्बर ६ रजस्थलमा रहेको इन्दिरा माविले सात स्वर्ण, पाँच रजत र दुई कास्य गरी कुल १४ पदक हात पार्दै उपाधी जितेको हो ।

प्रतियोगितामा वडा नम्बर ५ वस्तुको हिमालय मावि दोस्रो तथा वडा नम्बर ७ वाग्लाको वाग्ला मावि तेस्रो भएको गाउँपालिकाले जानाएको छ । पौष २५, २६ र २७ गरी तीन दिनसम्म वडा नम्बर ४ जैसिथोकको कालापोखरा खेलमैदानमा आठौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दामोदर घिमिरेले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)