विश्वकै अग्लो ठाउँमा धान रोपाइँ
gorkhapatraonline.com · Tue May 26 00:58:26 GMT 2026

विश्वको अग्लो ठाउँमा धान फल्ने पातारासी गाउँपालिका–३, छुम जिउलोमा धान रोपिएको छ । दुई हजार ८५० मिटर अग्लो स्थानमा रहेको सो स्थानमा कालीमार्सी धान रोपिएको हो । पातारासी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा आइतबार धान रोपाइँ गरिएको हो । विश्वको अग्लो स्थानमा धान फल्ने क्षेत्रका रूपमा परिचित छुम जिउलोमा स्थानीय सरकारको अगुवाइमा धान रोपिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिनुभयो ।
यसै गरी जुम्लामा मार्सी धानको रोपाइँ सुरु भएको छ । जुम्लाका किसानलाई यतिबेला मार्सी धान रोपाइँको चटारो छ । पछिल्लो समय मार्सी धानको चामलले बजार पाएपछि किसान मार्सी धान रोपाइँप्रति आकर्षित भएका हुन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि पछिल्ला वर्षमा यो धान रोप्न सुरु गरिएको स्थानीय लोकेन्द्रराज गिरीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)