रवि लामिछाने पक्राउ विरुद्ध पोखरामा शक्ति प्रदर्शन
barnanmedia.com · Sat Oct 19 22:53:27 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ विरुद्ध पोखरामा शक्ति प्रदर्शन गरिएको छ । शनिबार कार्यकर्ता एवम समर्थकहरुले पोखराको मानवअधिकार चोकमा पक्राउको विरोध गरिएको हो ।
केन्द्रीयस्तरका नेतादेखि जिल्ला–जिल्लाबाट कार्यकर्ता उतारेर रास्वपाले पोखरामा शक्ति प्रदर्शन गरेको हो । विरोध प्रदर्शपछिको कोणसभामा पार्टी उपसभापति स्वर्णिम वाग्ले, डिपी अर्याल, कार्यवहाक प्रवक्ता मनिष झा, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सांसदहरु तोसिमा कार्की, हरि ढकाल, नेता रमेश प्रसाईं, गण्डकी प्रदेश सभापति राजन गौतमलगायतले सम्बोधन गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)