चुरेमा काठ तस्करी बढ्यो
rajdhanidaily.com · Mon Jan 12 23:46:54 GMT 2026

धनगढी । कैलालीको चुरेमा सालको काठ तस्करी बढेको छ । एक महिनामै कैलाली वन कार्यालयले चुरेको विभिन्न क्षेत्रबाट ठूलो परिमाणको सालको चिरान गरेको काठ बरामद गरेको छ ।
डिभिजन वन कार्यालय कैलालीले चुरेको विभिन्न स्थानबाट एक महिनाको अन्तरालमा ५३१ दशकलव ४८ क्यूफिट सालको चिरान गरेको काठ बरामद भएको जानकारी दिएको छ । कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जिल्ला चुरे गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक वनबाट ६ पटक तथा गौरीगंगा नगरपालिका वडा नम्बर ६ बाट एक पटक गरी एकमहिनामा सात ठाउँबाट सालको काठ बरामद भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)