मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दलीय राजनीतिको अवसर

gorkhapatraonline.com · Sun Oct 09 00:43:11 GMT 2022

पार्टी खोल्ने होडबाजी छ, बढी नै छ । धेरैको आकर्षण राजनीतिप्रति नै छ । यसैको भ-याङ चढेर धन, पद र शक्ति प्राप्त हुने गरेकाले सबै वर्ग, समूह, झुन्ड अनि तह र तप्काका जनसमूहबीच नेतृत्व हत्याउन सजिलो छ । राजनीतिक दलले नै पवित्र निर्वाचन प्रणालीलाई धुमिल तुल्याइरहेका छन् । नेताहरू पनि चुनावदेखि चुनावसम्मको यात्रामा मात्रै सीमित छन् । आफू, देश र जनतालाई यथास्थितिको भुमरीमा फसाइरहेछन् । परिवर्तनको प्राकृतिक बाटो रोकी देशलाई आफूअनुकूल घिसार्दै घुमाइरहेका छन् ।

विगतका निर्वाचनमा पनि स्वतन्त्रले छिटफुट नजितेका होइनन् । अहिले यसमा केही वृद्धि भएको छ । हालै स्थानीय तहमा १३ प्रमुख र अन्य ३८५ सदस्यले स्वतन्त्र रूपमै विजयश्री पहिरिए । यो दलीय राजनीतिका लागि सामान्य हुँदै होइन । जनताद्वारा स्थापित दल र दलका विश्वास प्राप्त उम्मेदवारलाई स्वतन्त्रले धेरै ठाउँमा कडा टक्कर दिएका छन् । धमाधम स्वतन्त्रको उम्मेदवारी घोषणा भइरहेको छ । यसको गम्भीर समीक्षा गर्ने ताकत पनि आज दलहरूमा छैन । सायद भित्र डराएका र बाहिर लज्जित छन् । एकअर्कालाई सराप्नु अनि अन्तर्घातको ट्याग लगाएर अनुशासनको नाममा फरक मतलाई दबाउनु नेपालका दलहरूको चुनावी समीक्षा बन्ने गरेका छन् । जनमुखी कामको समीक्षा दलहरूले कहिल्यै गरेनन् । यही भागबन्डा र चाकरीमा रुमल्लिएको दलीय राजनीतिले दलविहीनतालाई प्रश्रय दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)