मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किसानलाई दैनिक एक करोड भुक्तानी

gorkhapatraonline.com · Tue May 26 01:07:07 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान (डिडिसी) को सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक एक करोड रुपियाँ किसानलाई भुक्तानी भइरहेको जानकारी दिनुभएको छ । पछिल्लो चार महिनाको ५८ करोड रुपियाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड रकम भुक्तानी भइसकेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।

हाल दैनिक रूपमा ८० लाखदेखि एक करोड रुपियाँको कारोबार भइरहेकाले बाँकी रहेको ४६ करोड रुपियाँ दुई महिनामा भुक्तानी गरिने तयारी भइरहेको मन्त्री चौधरीले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)