वीरेन्द्रनगरमा पहिलोपटक आकाशेपुल बन्दै
rajdhanidaily.com · Mon Jan 12 23:49:24 GMT 2026

सुर्खेत । पैदल यात्रुको सहजता र सडक दुर्घटना न्यूनीकरण गर्न वीरेन्द्रनगरमा पहिलोपटक आकाशे पुल निर्माण थालिएको छ । आगामी जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने कार्यादेशका साथ पाइलटिङ प्रोजेक्टका रुपमा मंगलगढी चोकमा काम अघि बढाइएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख मोहनमाया ढकालले नगर गौरवको आयोजना अन्तर्गत आकाशे पुल निर्माण गर्न लागिएको बताइन् । पुल निर्माणको जिम्मा अर्जुन कन्स्ट्रक्सन काठमाडौंले लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)