टेलिभिजनमा प्रसारण भएको पहिलो विश्वकप
gorkhapatraonline.com · Tue May 26 01:13:50 GMT 2026
दोस्रो विश्वयुद्धमा तटस्थ रहेको स्विट्जरल्यान्डले सन् १९५४ को पाँचौँ विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त ग¥यो । विश्वकप युरोप फर्कियो तर द्वितीय विश्वयुद्धको पीडा मनमा ताजै थियो । यस कारण फिफाले तटस्थ देशमा विश्वकप आयोजना गर्ने विचार ग¥यो र खोज्दै जाँदा स्विट्जरल्यान्ड पहिलो रोजाइमा परेको हो । पश्चिम जर्मनी विश्वकप आयोजना गर्ने प्रमुख दाबेदारका रूपमा देखिए पनि दोस्रो विश्वयुद्धका बेला झगडाको केन्द्रमा रहेका कारण उसलाई समर्थन मिल्ने सम्भावना कम थियो । यद्यपि पश्चिम जर्मनीले विश्वकप ट्रफी नै उचालेर आफ्नो शिर उच्च पा¥यो ।