जर्मनीका प्रतिद्वन्द्वी गैरयुरोपेली
gorkhapatraonline.com · Tue May 26 01:16:58 GMT 2026
। चार पटकको विजेता र नवप्रवेशी टिम कुराकाओ भएको समूह ‘ई’ मा आइभरिकोस्ट र इक्वेडर पनि रहेका छन् । पछिल्ला दुई संस्करणमा समूह चरणबाटै बिदा भएको जर्मनीलाई यस पटक नकआउट चरणमा पुग्न समस्या नहुने अनुमान गरिएको छ तर पनि अफ्रिकी टिम आइभरिकोस्ट र दक्षिण अमेरिकी टिम इक्वेडरले जर्मनीसँग रहेको सन् २०१८ र २०२२ मा नकआउट चरणमा पुग्न नसकेको दबाबको फाइदा उठाउन सक्छ ।
जर्मनी विश्व फुटबलमा सर्वाधिक सफल टिममध्ये एक हो । जर्मनी विश्व फुटबलमा सर्वाधिक सफल टिममध्ये एक हो । उसले २० पटकको सहभागितामा चार पटक उपाधि जित्नुका साथै तीन–तीन पटक दोस्रो र तेस्रो स्थान हासिल गरेको छ । एक पटक चौथो पनि भएको थियो । यस कारण विश्वकप जर्मनीका लागि अनुभव र अपेक्षा सधैँ दबाबका रूपमा रहने गर्दछ । यसपालि लिभरपुलका प्लेमेकर फ्लोरियन रिज जर्मनीको टिमका मुटुका रूपमा रहनुभएको छ । प्रशिक्षक युलियन नागल्सम्यानको टिममा छ फुट छ इन्च अग्ला स्ट्राइकर निक बोल्टमोडलाई रोक्न पनि विपक्षी डिफेन्सलाई गाह्रो हुने छ । १८ वर्षीय मिडफिल्डर लेनार्ट कार्ललाई विश्वकपकै हेर्नलायक युवा खेलाडीका रूपमा लिइएको छ । यद्यपि जर्मनीको डिफेन्समा शङ्का गर्ने ठाउँ छ । गत मार्चमा स्विट्जरल्यान्डविरुद्ध तीन गोल बेहोरेर जर्मनीले सो खेल बल्लतल्ल ४–३ ले जितेको थियो । प्रशिक्षक नागल्सम्यानले रियल म्याड्रिडका सेन्टर ब्याक एन्टोनियो रुडिगरलाई प्रायः बेन्चमै राख्ने गरेकाले पनि जर्मनीको डिफेन्समा अनुभवको कमी देखिन्छ । जर्मनीले म्यानुअर नयुरको राम्रो उत्तराधिकारी पनि भेट्टाउन सकेको छैन । गत वर्ष फ्रान्स र पोर्चुगलसँग हारेपछि जर्मनीले ठुला टिमको सामना पनि गरेको छैन । त्यसैले समूह चरण पार गरेपछि एकै पटक ठुला टिमसँग खेल्दा जर्मनीलाई दबाब हुन सक्छ । सो टिममा अमेरिकासँग सम्बन्ध भएका डिफेन्डर नाथानियल ब्राउन पनि हुनुहुन्छ । अमेरिकाका लागि खेल्न योग्य भए पनि ब्राउनले आफू जन्मेको जर्मनीबाटै खेल्ने निर्णय गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)