मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प

nepalviews.com · Tue May 26 01:19:16 GMT 2026

एजेन्सी । दक्षिण अमेरिकी मुलुक चिलीको उत्तरी क्षेत्रमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार अटाकामा मरुभूमि क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको उक्त भूकम्पबाट हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

भूकम्प कालामा सहरबाट करिब ३१ किलोमिटरको दूरीमा, जमिनको सतहबाट करिब १०० किलोमिटर (६३ माइल) गहिराइमा गएको थियो। गहिराइ धेरै भएका कारण पनि यसको विनाशकारी असर कम भएको अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)