मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्दियाका पाँच पालिकामा बिहानी कक्षा सुरु

gorkhapatraonline.com · Tue May 26 01:25:03 GMT 2026

अत्यधिक गर्मी बढेपछि बर्दियाका पाँच पालिकाका विद्यालयमा बिहानी कक्षा सुरु गरिएको छ । जिल्लाका आठ पालिकामध्ये पाँच पालिकाले बिहानको समयमा कक्षा सञ्चालन थालेका हुन् ।

दिउँसो तातो हावा चल्न थालेपछि विद्यालयहरू बिहान ६ देखि ११ बजेसम्म सञ्चालन गर्न थालिएको हो । गर्मीका कारण विद्यार्थी प्रभावित हुन थालेपछि बिहानी कक्षा सुरु गरिएको गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख शतिश यादवले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)