जनकपुर बोल्टसका समर्थकलाई अपमान र आक्रमण गर्नेलाई कारबाही गर्न जनमत पार्टीको माग
setopati.com · Sun Dec 22 08:10:00 GMT 2024

सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुर बोल्टसका समर्थकमाथि आक्रमण र अपमान गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ।
शनिबार भएको एनपिएलको फाइनलपछि केही व्यक्तिहरूले जनकपुर बोल्टसलाई लक्ष्य गर्दै आक्रमण र अपमानजनक शब्द प्रयोग भएको भन्दै जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले विज्ञप्ति निकालेर उक्त घटनामा संलग्नहरूमाथि कारबाहीको माग गरेका हुन्।
‘एनपिएलको फाइनल खेलपछि काठमाडौंमा विजय उत्सव मनाइरहेका जनकपुर बोल्टस् समर्थक मधेसी समुदायका मानिसहरूलाई लक्षित गरेर नश्लीय सोच बोकेका केही युवाहरूद्वारा अपमानजनक शब्द प्रयोग गर्दै गरेको आक्रमण र कुटपिटप्रति जनमत पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
साथै जनमत पार्टीले रंगभेदी क्रियाकलाप गर्नेहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउन गृह प्रशासनलाई आग्रह पनि गरेको छ।
यो पनि: जनकपुर बोल्टसविरूद्ध अभद्र र अपमानित नारा लगाउनेमाथि कारबाही गर्न मधेसी आयोगको सिफारिस
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)