मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘चिनौँ जलजला, घुमौँ जलजला’ अभियानसहित सातबुँदे घोषणापत्र सार्वजनिक

gorkhapatraonline.com · Tue May 26 01:35:55 GMT 2026

म्याग्दीको धवलागिरि गाउँपालिका–२ स्थित पर्यटकीय गन्तव्य जलजलाको दिगो पर्यटन विकास, पर्यावरण संरक्षण तथा पूर्वाधार विस्तारलाई केन्द्रमा राख्दै ‘जलजला घोषणापत्र’ जारी गरिएको छ ।

धवलागिरि गाउँपालिकाले आयोजना गरेको दुईदिने पर्यटन प्रवर्द्धन अन्तरक्रिया कार्यक्रमबाट ‘चिनौँ जलजला, घुमौँ जलजला’ अभियानसहित सातबुँदे घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा जलजलालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित सडक स्तरोन्नति, पर्यटन सर्किट निर्माण, जैविक विविधता संरक्षण, डिजिटल ब्रान्डिङ तथा बजेट व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)