मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुरीले घर भत्किँदा महिलाको मृत्यु

nepalviews.com · Tue May 26 01:33:55 GMT 2026

रौतहट । रौतहटमा सोमबार साँझ आएको हुरीले भत्केको घरले थिचिँदा एक महिलाको ज्यान गएको छ । रौतहटको वृन्दावन नगरपालिका–७ धमौराटोलका ३५ वर्षीया फूलकुमारी देवीको हुरीले भत्केको घरले थिचिँदा मृत्यु भएको हो ।

फूलकुमारीको उपचारको क्रममा राति रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)