गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न कांग्रेसको माग
nepalviews.com · Fri Jul 10 06:50:26 GMT 2026

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–शेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न माग गरेका छन् । उनले घटनाप्रति चिन्ता व्यक्त गर्दै राज्यले गर्ने दुर्व्यवहार र प्रताडनले आत्मदाहसम्मको घटना भएको भन्दै आक्रोश पनि प्रकट गरे । नेपालीको उपचारका क्रममा आज निधन भएको छ ।
‘महानगर प्रहरीले गर्ने प्रताडनका कारण गणेश नेपाली पीडामा रहेको र त्यसकै कारणले डिप्रेसनमा रहेको परिवारको कुरा आयो । घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,’ आङ्देम्बेले पत्रकारहरूसँग भने, ‘तर, अहिले आफूलाई बढ्ता देखाउने हिसाबमा राज्य या राज्यका कुनै पनि निकायले काम गरेर खाने मजदुर वर्गलाई दुव्र्यवहार गर्ने खालका क्रियाकलाप गरिरहेका छन् । यो राम्रो होइन । राज्यको दायित्व काम गरेर खाने जनताको पक्षमा हुनुपर्ने हो तर त्यसको विपरीत देखिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)