बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
ratopati.com · Thu Jun 18 21:05:41 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा स्विट्जरल्याण्डले बोस्निया एण्ड हर्जगोभिनामाथि शानदार जित हात पारेको छ । लस एन्जलस स्टेडियममा शुक्रबार बिहान भएको खेलमा स्विट्जरल्याण्डले बोस्नियालाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै महत्त्वपूर्ण ३ अंक जोडेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको अन्तिम १५ मिनेटमा गोलको वर्षा भएको थियो । स्विट्जरल्याण्डका लागि जोहान मान्जाम्बीले दुई गोल गरे भने रुबेन भार्गास र ग्रानिट जाकाले एक–एक गोल थपे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा