ओली एक कदम ब्याक, भोलिको लागि बोलाएको केन्द्रीय कमिटी बैठक सोमबारलाई सारे
reportersnepal.com · Sat Aug 07 16:35:30 GMT 2021
काठमाडौं, २३ साउन । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद उत्कर्षमा छ । यही साउन २१ र २२ गते वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी सम्पन्न भएको थियो । बैठकले एकताको लागि प्रयास जारी राख्ने निश्कर्ष निकालेको थियो ।
साथै, अध्यक्ष केपी शर्मा ओलीलाई एकताविरोधी गतिविधि रोक्न आग्रह गरेको थियो । नेपाल पक्षले भोलिको लागि बोलाईएको केन्द्रीय कमिटी बैठकसमेत स्थगित् गर्न भनेको थियो । नभन्दै ओली पक्षले भोलिको लागि बोलाएको केन्द्रीय कमिटी बैठक सोमबारको लागि डाकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)