जापानले सुरु गर्यो बीपी राजमार्गको पिप्ले-बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण
nepalsamaya.com · Tue May 26 01:40:09 GMT 2026

काभ्रे- जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलान्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको सोमबारदेखि पुनः निर्माण सुरु गरिएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा उक्त परियोजनाको शिलान्यास गरे।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा उक्त सडक खण्डमा पर्ने तीन दशमलव दुई किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु भएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)