गणेश नेपाली मृत्यु प्रकरण : तीन जना नगर प्रहरी पक्राउ
rajdhanidaily.com · Fri Jul 10 06:56:22 GMT 2026

काठमाडौं । गणेश नेपाली मृत्यु प्रकरणमा अनुसन्धानका लागि तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले तीन जना नगर प्रहरीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जानकारी दिए
दुई जना महिला र एक जना पुरुष नगर प्रहरीलाई कालीमाटी वृत्तमा राखेर अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका गणेश नेपालीको उपचारका क्रममा आज निधन भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)
नेपाल प्रहरी
काठमाडौँ