सप्तकोशीमा सशस्त्रले बरामद गर्यो ४७५ गाँजा
himalpress.com · Tue May 26 01:41:19 GMT 2026

काठमाडौँ- सप्तकोशी नदीको बीच टापुबाट सशस्त्र प्रहरीले करिब ४ सय ७५ केजी गाँजा बरामद गरेको छ । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी निको बिच टापुमा १६ वटा बोरामा अवैध रुपले लुकाई छिपाई राखेको उक्त गाँजा सोमबार बरामद गरिएको हो ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउत र सुरक्षा वेश रामपुरबाट सशस्त्र प्रहरी निरीक्षक राज विक्रम खड्काको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)