गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न आङ्देम्बेको माग
baahrakhari.com · Fri Jul 10 07:01:02 GMT 2026

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड–सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको छानबिन गर्न माग गरेका छन् । उनले घटनाप्रति चिन्ता व्यक्त गर्दै राज्यले गर्ने दुर्व्वहार र प्रताडनाले आत्मदाहसम्मको घटना भएको भन्दै आक्रोश प्रकट गरे ।
“महानगर प्रहरीले गर्ने प्रताडनका कारण गणेश नेपाली पीडामा रहेको र त्यसकै कारणले डिप्रेसनमा रहेको परिवारको कुरा आयो । घटनाबारे अनुसन्धान भइरहेको होला र सत्यतथ्य बाहिर आउला,” उनले पत्रकारहरूसँग भने, “तर, अहिले आफूलाई बढ्ता देखाउने हिसाबमा राज्य वा राज्यका कुनै पनि निकायले काम गरेर खाने मजदुर वर्गलाई दुव्र्यवहार गर्ने खालका क्रियाकलाप गरिरहेका छन् । राज्यको दायित्व काम गरेर खाने जनताको पक्षमा हुनुपर्ने हो । तर, त्यसको विपरीत देखिएको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)