जिसस भक्तपुर प्रमुखको निधन
himalpress.com · Tue May 26 01:53:41 GMT 2026

भक्तपुर- जिल्ला समन्वय समिति (जिसस) भक्तपुरका प्रमुख ईश्वर थापाको निधन भएको छ। शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका थापाको ६५ वर्षको उमेरमा सोमबार निधन भएको हो। सूर्यविनायक नगरपालिका–७ निवासी थापा विगत दुई सातादेखि मुटु तथा उच्च रक्तचापसम्बन्धी समस्याका कारण उपचाररत थिए।
थापाको सोमबार साँझ पशुपतिआर्यघाटमा अन्त्येष्टि उनको पारिवारिक स्रोतले जनाएको छ। उनी रेडियो नेपालको सेवा निवृत्त पत्रकारसमेत हुन् । उनका एक छोरा, तीन छोरी र श्रीमती छन्। रासस
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)