विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला सहयोग
gorkhapatraonline.com · Fri Jun 05 17:19:09 GMT 2026

दार्मा गाउँपालिका –४ रातामाटास्थित श्री नव सर्वसाधारण माध्यमिक विद्यालयमा अध्ययनरत ७५ जना आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला वितरण गरिएको छ ।
योमन चन्द फाउन्डेसनको आयोजनामा विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीलाई शैक्षिक सामग्रीस्वरूप झोला वितरण गरिएको हो । कार्यक्रममा दार्मा गाउँपालिका–४ का वडाध्यक्ष चन्द्रबहादुर रावत प्रमुख अतिथि तथा फाउन्डेसनका सञ्चालक शेरबहादुर चन्द विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)