फौजी किराले मकैबाली सखाप
onlinekhabar.com · Tue May 26 02:03:49 GMT 2026

१२ जेठ, खोटाङ । खोटाङका विभिन्न ठाउँमा लगाइएको मकैबालीलाई फौजी किराले क्षति पुर्याएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका लगायतका किसानले छरेको मकैबालीलाई फौजी किराले क्षति गरेको हो ।
मकैलाई बाँदरबाट जोगाउन संघर्ष गरिरहेका किसानलाई फौजीकिराले सताएको हो । प्रमुख बालीका रुपमा लगाइएको मकैको बिरुवा फौजीकिराले सखाप पारेपछि किसान हैरान बनेका छन् । कतिपय किसानले विषादि प्रयोग गरेर फौजीकिरा नियन्त्रणको प्रयास गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)