स्पेनको विश्वकप खेल्ने टिमको घोषणा, रियल म्याड्रिडका कुनै खेलाडी परेनन्
barnanmedia.com · Tue May 26 02:05:45 GMT 2026

काठमाडौँ । स्पेनका मुख्य प्रशिक्षक लुइस दे ला फुएन्तेले आगामी विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेका छन् । टोलीमा युवा खेलाडी लामिन यमल समावेश हुँदा रियल म्याड्रिडका कुनै पनि खेलाडीले स्थान पाएका छैनन् ।
सन् २०२२ को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको स्पेनले त्यसपछि युरोपियन च्याम्पियनसिप २०२४ जित्दै पुनः बलियो टोलीका रूपमा आफूलाई स्थापित गरेको थियो । यसपटकको विश्वकप जित्ने दाबेदार टोलीमध्ये स्पेनलाई पनि एक मानिएको छ । स्पेनले जुन १५ मा केप भर्डेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । समूह चरणमा उसले साउदी अरेबिया र उरुग्वेको पनि सामना गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)