मोटरसाइकल चोरीमा संलग्न १९ वर्षीय युवक पक्राउ
baahrakhari.com · Mon Jun 10 17:14:04 UTC 2024

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो ।
काठमाडौंको माछापोखरीबाट मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ट्राफिक प्रहरीले रसुवाको आमाछोदिङमो गाउँपालिका–३ गतलाङका १९ वर्षीय सागर तामाङलाई नियन्त्रणमा लिएको हो । उनी काठमाडौंमा कपुरधारामा बस्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)