मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रामेछापको फर्पुमा पहिरोमा परी ३ जनाको मृत्यु

ekantipur.com · Thu Jul 25 23:45:52 UTC 2024

दोलखा — रामेछापको गोकुलगंगा गाउँपालिका -६फर्पुमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । बिहीबार साँझ परेको अविरल वर्षाका कारण आएको पहिरोमा परी ३ जनाको मृत्यु भएको रामेछाप प्रहरीले जनाएको छ ।

पहिरोमा परेर मृत्यु हुनेमा १७ वर्षीया सीता तामाङ , १३ वर्षीया लक्ष्मी तामाङ र १५ वर्षीया आशिका तामाङ रहेका छन् । पहिरोमा पुरिएका सबैको शव निकालिएको प्रहरीले जनाएको छ । पहिरोले जोखिम बनेका थप ४ घरबाट स्थानीयको उद्वार गरिएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)