एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री
deshsanchar.com · Thu Jul 17 17:45:01 GMT 2025

रामपुर (पाल्पा) – यहाँको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन्।
उनले गतवर्ष करिब छ हजार बराबरको बिरुवा बिक्री गरेका थिए। यो क्षेत्रमा फागुनदेखि असारसम्म कफीका बिरुवा रोप्ने गरिन्छ। ठकुरीले तीन वर्षदेखि अरबिका जातको बिरुवा उत्पादन गरिरहेका छन्। प्रतिबिरुवा रु ४० का दरले फार्मबाटै धमाधम बिक्री भइरहेको उनले बताए। नर्सरीमा दुई हजार ५०० बिरुवा बिक्री गर्न बाँकी रहेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)