मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भेडा बिक्री गरेर मौरीपालन

nagariknews.nagariknetwork.com · Tue May 26 02:23:59 GMT 2026

म्याग्दीको धौलागिरि गाउँपालिका-१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरेका छन्।

घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय छन्त्याल स्वरोजगार र आत्मनिर्भर बनेका हुन्। ‘हिउँद, बर्खा, झरीबादल नभनी भेडाबाख्राको पछि लागेर लेकबेँसी गर्नुभन्दा घर वरपरकै बारीमा घार थापेर मौरीपालन गर्दा आफू र परिवारलाई सजिलो छ’, उनले भने, ‘हाल ८० घर मौरी छन्। प्रतिलिटर रु दुई हजारका दरले वार्षिक ३०० लिटर मह उत्पादन गरेर घरबाटै बिक्री गर्छु।’

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय