सर्वोच्चको आदेशबारे गठबन्धनको मिश्रित प्रतिक्रिया
ratopati.com · Fri Aug 25 06:20:00 GMT 2023
विराटनगर । कोशीका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले दीर्घकालीन निर्णय नगर्न दिएको आदेशप्रति प्रदेशका गठबन्धन नेताहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता एवम् पूर्व मुख्यमन्त्री राजेन्द्र राईले अदालतको अन्तरिम आदेश आग्रहपूर्ण भएको टिप्पणी गरेका छन् । ‘अदालतले दिएको आदेश स्वाभाविक छैन । यसलाई उचित मान्न सकिँदैन’, पूर्व मुख्यमन्त्री राईले भने ‘हामीले सरकारको दाबी गर्दा पनि ४७ सांसद पुर्याएर दाबी गरेका हौँ । विश्वासको मत लिँदा पनि सभामुख उपसभामुख नजोडी हामीले ४७ सांसद पुर्याएका छौँ । यो देखाउन हामी जहिल्यै तयार छौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)