रियाल मड्रिड ला लिगाको दोस्रो स्थानमा, बार्सिलोना झन् तल ओर्लियो
ratopati.com · Sun Dec 22 20:42:00 GMT 2024
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती घरेलु मैदानमा भएको खेलमा म्यानयुले सेभियालाई ४-२ को अन्तरले हराउँदै रियाल मड्रिड अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको हो । रियाल दोस्रोमा उक्लिएसँगै शीर्षस्थानबाट पछारिएको बार्सिलोना थप एक स्थान तल तेस्रो स्थानमा पुगेको छ ।
रियालको पहिलो खाता केलियन एम्बाप्पेले खाता खोले भने भालभार्डी, रोड्रिगो र ब्राहिम डाएजले थप गोल गरे । पाहुना टोलीका रोमेरो र लुकेबाकियोले गोल फर्काए । जितसँगै रियालले शीर्ष स्थानको एटलेटिको मड्रिडसँग अंकदुरी छोट्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)