नाट्टा गण्डकी प्रदेशमा अधिकारी
deshsanchar.com · Mon Apr 18 15:47:32 GMT 2022
गण्डकी – नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको २७औँ साधारणसभा तथा १२औँ अधिवेशनले हरिराम अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा किशोर दाहाल, द्वितीय उपाध्यक्षमा कमला गिरी, महासचिवमा संगीता पौडेल, सचिवमा चेतन कार्की र कोषाध्यक्षमा नवराज भण्डारीलाई चयन गरिएको छ। समितिका सदस्यमा क्रमशः ताराप्रसाद गौतम, सन्दीप श्रेष्ठ, सुशीला सिग्देल, खिमबहादुर नेपाली, लीलावल्लभ पोखरेल, रत्नराज रेग्मी र तुलबहादुर गुरुङलाई चयन गरिएको छ। समितिको कार्यकाल दुई वर्षको हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)