काँक्रो बेचेर दैनिक १३ हजार आम्दानी
gorkhapatraonline.com · Tue May 26 02:47:22 GMT 2026

दोलखाको तामाकोसी गाउँपालिका–१ भीरकोटका किसान नरबहादुर कार्कीले फलामे जातको काँक्रो बिक्री गरेर दैनिक १३ हजार रुपैयाँ आम्दानी गरिरहनुभएको छ । उहाँले घरमा उत्पादन भएको काँक्रो सदरमुकाम चरीकोटको सातदोबाटो फुटपाथमा बिक्री गर्दै आउनुभएको छ ।
किसान कार्कीका अनुसार घरबाट काँक्रो ल्याएर कोठामा राख्ने र बिहान–बेलुका बिक्री गर्ने गरिएको छ । आवश्यक परेका बेला छोराले घरबाट काँक्रो पठाइदिने र आफूले चरीकोटमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)