भेडा बिक्री गरेर मौरीपालन
barnanmedia.com · Tue May 26 02:43:14 GMT 2026

म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गर्नुभएको छ ।
घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय छन्त्याल स्वरोजगार र आत्मनिर्भर बन्नुभएको हो । “हिउँद, बर्खा, झरीबादल नभनी भेडाबाख्राको पछि लागेर लेकबेँसी गर्नुभन्दा घर वरपरकै बारीमा घार थापोर मौरीपालन गर्दा आफू र परिवारलाई सजिलो छ”, उहाँले भन्नुभयो, “हाल ८० घर मौरी छन् । प्रतिलिटर रु दुई हजारका दरले वार्षिक ३०० लिटर मह उत्पादन गरेर घरबाटै बिक्री गर्छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
मौसम