वार्षिक क्वाड शिखर सम्मेलनहरू अब असम्भव, भारतले अस्ट्रेलियालाई जिम्मेवारी हस्तान्तरण गर्ने
shilapatra.com · Tue May 26 02:45:00 GMT 2026

भारतले क्वाड विदेश मन्त्रीहरूको मंगलबारको बैठकपछि नेतृत्वको जिम्मेवारी अस्ट्रेलियालाई हस्तान्तरण गर्न लागेको छ । भारतीय संञ्चारमाध्याममा उल्लेख भएअनुसार क्वाड सदस्य देशका नेताहरूको कार्यतालिका मिलाउन बढ्दो कठिनाइका कारण भारतले यो वर्ष क्वाड नेतृत्वको शिखर सम्मेलन आयोजना नगर्ने भएको हो ।
भारतीय सञ्चारमाध्याम द प्रिन्टले उल्लेख गरेअनुसार भारत, अमेरिका, जापान र अस्ट्रेलियाका नेताहरूको व्यस्तता, आन्तरिक राजनीतिक कार्यतालिका र विश्वव्यापी घटनाक्रमका कारण हरेक वर्ष चारै देशका सरकार प्रमुखहरूलाई एकै ठाउँमा भेला गर्न गाह्रो हुँदै गएको छ । त्यसैले भारतले अस्ट्रेलियालाई जिम्मेवारी हस्तान्तरण गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)