रविको राजनीतिक भविष्यमा कालो बादल,
barnanmedia.com · Sun Dec 22 22:16:40 GMT 2024

पूर्वगृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछाने हिरासत बसेको विषयलाई राजनीतिक मुद्दा बनाउन चाहन्थे। उनी र रास्वपाका नेताहरुलाई लागेको थियो, सहकारी ठगीमा सिधै जोडिएका छैनन्, कम्पनीमा गएको पैसा प्रबन्ध निर्देशकको हैसियतामा खर्च भएको हो। त्यही भएर जमानत पाइन्छ। राज्यले प्रतिशोध साधेको भनेर यही विषयलाई राजनीतिक मुद्दा बनाएर ०८४ मा जनमत बटुल्न सकिन्छ।
तर, रास्वपाका नेताहरुको विश्लेषणविपरित परिदृष्य देखा परेको छ। उनको राजनीतिक भविष्यमै कालो बादल मडारिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार ४४ विरुद्ध मुद्दा चलाउँदा रविमाथि सम्पत्ति शुद्धीकरणको पनि चार्ज लागेको छ। सहकारी ठगी र संगठीत अपराधमा सांसद निलम्बनमा पर्दैनन्। तर, सम्पत्ति शुद्धीकरण मुद्दा लागेसँगै उनको पद निलम्बन हुने भएको छ। अब
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)