मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा एसको कार्यालयमा पहिलोपटक एमाले नेता

rajdhanidaily.com · Thu Mar 02 23:42:44 GMT 2023

काठमाडौं । एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको छ । एमाले नेताहरू राष्ट्रपतिमा सुवास नेम्वाङका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालय पुग्दा पार्टी एकता’bout पनि छलफल गरेका हुन् ।

एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका नेम्वाङका लागि मत माग्दै एमाले नेताहरू बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका थिए । गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक पत्र लेख्दै राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)