सल्यानमा अवैध सामग्री बरामद
gorkhapatraonline.com · Tue May 26 02:51:24 GMT 2026

सल्यानको सल्लीबजारमा गरिएको बजार अनुगमनका क्रममा ठुलो परिमाणमा म्याद गुज्रिएका तथा अवैध सामग्री बरामद गरिएको छ । वनगाड कुपिण्डे नगरपालिका, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानलगायत निकायको संयुक्त अनुगमन टोलीले सोमबार सल्लीबजार तथा देवस्थल बजार क्षेत्रमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ, अवैध घरेलु मदिरा, मेडिकल सामग्री तथा एग्रोभेटजन्य औषधि बरामद गरी नष्ट गरिएको हो । अनुगमन टोलीले व्यवसाय दर्ता तथा नवीकरण नगरी सञ्चालन भइरहेका व्यवसायलाई सात दिनभित्र कानुनी प्रक्रियामा आउन निर्देशनसमेत दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)