ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
barnanmedia.com · Sun Dec 22 23:08:44 GMT 2024

यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ ।
गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो । यो वर्ष पाँच सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १५ हजार आठ सय ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले बताउनुभयो । यो अघिल्लो वर्षको तुलनामा छ मेट्रिकटनले बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)