मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डेरी उद्योगी दुर्गममा नजाँदा प्रतिदिन दुई लाख लिटर दूध अभाव

ekantipur.com · Sat May 07 01:00:33 GMT 2022

काठमाडौँ — डेरी उद्योगहरूको रोजाइ सुगम क्षेत्रमा मात्रै हुँदा बजारमा दूध अभाव देखिएको छ । सडक यातायात, ढुवानी खर्च, चिस्यानलगायत अप्ठ्यारा देखाएर उद्योगीले दुर्गम क्षेत्रका किसानलाई बेवास्ता गर्दा बजारमा दूधको चरम अभाव भएको हो ।

अहिले प्रतिदिन करिब २ लाख लिटर दूध अभाव भइरहेको उद्योगीहरू बताउँछन्, जसमध्ये सरकारी दुग्ध विकास संस्थान (डीडीसी) लाई करिब ७० हजार लिटर र नेपाल डेरी उद्योग संघ र डेरी एसोसिएसनमा आबद्ध उद्योगलाई १ लाख ३० हजार लिटर अभाव भएको छ । ‘डीडीसीलाई प्रतिदिन १ लाख ४० हजार लिटर दूध चाहिन्छ । तर जम्मा ७० हजार लिटर आइरहेको छ,’ डीडीसीका महाप्रबन्धक सञ्जीव झाले भने, ‘मौज्दात बटर र धूलो दूधबाट जसोतसो काम चलाइरहेका छौं । २० दिनमा त्यो पनि रित्तिने सम्भावना छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)