मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपप्राध्यापक चलाउने आक्रमण प्रकरण : मुद्दा फिर्ताको निर्णय रद्द गर्न दबाब

ekantipur.com · Wed Jun 21 01:06:22 GMT 2023

काठमाडौँ — ज्यान मार्ने उद्योगको मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सांसद, प्राध्यापक, विद्यार्थी र नागरिक आन्दोलनका अभियन्ताहरूले दबाब बढाएका छन् । त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक आक्रमण गर्ने ७ जनाविरुद्धको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । त्यसकै विरोधमा चलाउने सोमबारदेखि कीर्तिपुरस्थित उपकुलपति कार्यालय परिसरमा अनशन बसेका छन् ।

मंगलबार बिहान बृहत् नागरिक आन्दोलनले काठमाडौं जिल्ला अदालत परिसर अगाडि र प्राध्यापकहरूले अनशनस्थल कीर्तिपुरमा प्रदर्शन गरेका छन् । विश्वविद्यालयलाई हिंसारहित बनाउन र पीडित चलाउनेलाई न्याय दिलाउन नागरिक आन्दोलनका अभियन्ता अदालत परिसरमा जुटेका थिए । त्यस्तै, प्रगतिशील प्राध्यापक संगठनले त्रिवि उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेको प्राध्यापक रमेश भट्टराईले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)