चोरीसिकारी नियन्त्रणका लागि सुरक्षा संयन्त्र परिचालन गर्न माग
gorkhapatraonline.com · Tue May 26 03:00:09 GMT 2026

रानीसैन सीमा विवादको कुरा सुदूरपश्चिम प्रदेश सभामा उठेको छ । बाजुरा घटनापछि प्रदेश सभा सदस्यले रानीसैनबारे सदनमा कुरा उठाएका हुन् । सोमबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यले रानीसैन सुदूरपश्चिम प्रदेशको भूमि रहेको बताएका छन् । सरकारी दस्ताबेज, स्थानीयले भोगचलन गर्दा तिरोतिरेको कागजातलगायतका प्रमाणले रानीसैन सुदूरपश्चिम प्रदेशको भूमि रहेको पुष्टि गरेको प्रदेश सभा सदस्य नरेशबहादुर शाहीले बताउनुभयो ।
उहाँले रानीसैनलाई लिएर हुम्लाका बासिन्दाले बाजुराको हिमाली गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयमाथि गरेको हमला सामान्य प्रकृतिको नभएकोे बताउनुभयो । उहाँले तथ्यले रानीसैन सुदूरपश्चिम प्रदेशको भूमि रहेको पुष्टि गरेकाले सीमा विवाद नभई तस्करी, चोरीमा संलग्नले सिर्जना गरेको कृत्रिम विवाद रहेको उल्लेख गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)