मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्ल्याण्ड विश्वकपबाट बाहिरिने दोस्रो टोली बन्यो, अस्ट्रेलिया ३३ रनले विजयी

neplays.com

साविक विजेता इंग्ल्याण्ड भारतमा जारी एकदिवसीय विश्वकपबाट बाहिरिएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आज भएको खेलमा अस्ट्रेलियासँग ३३ रनले पराजित भएको हो । इंग्ल्याण्ड ७ खेलमा ६ पराजयपछि प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको छ । यसअघि बंगलादेश पनि बाहिरिएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २८६ रन बनाएको थियो भने टोलीका लागि मार्नस लाबुस्चेनले सर्वाधिक ७१ रन बनाएका थिए । लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको टोली ४८.१ ओभरमा २५३ रनमा अलआउट भएको थियो । उनका लागि बेन स्टोक्स र डेभिड मलानले अर्धशतक बनाए । अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए भने इङ्ल्यान्डका क्रिस वोक्सले ४ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)