खतेड गाउँपालिकाका वृद्धवृद्धाहरूले एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो
newsofnepal.com · Wed Mar 26 17:24:57 GMT 2025
मुगु।
मुगु जिल्लाको खतेड गाउँपालिकाका वृद्धवृद्धाहरूले एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन्। राष्ट्रिय परिचयपत्रको झन्झटका कारण भत्ता पाउन मुस्किल भएको उनीहरूको भनाइ छ। बैङ्कमा भत्ता लिन जाँदा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। तर, परिचयपत्र बनाउन २-३ दिन हिँडेर गमगढी पुग्नुपर्ने बाध्यताले धेरै वृद्धवृद्धा भत्ताबाट वञ्चित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)