प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट विधेयक प्रस्तुत हुँदै
annapurnapost.com · Tue May 26 03:08:08 GMT 2026

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यसैगरी बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३, र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफल तथा पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
बालेन्द्र शाह