सुनसान बन्यो आकर्षक एकीकृत बस्ती
gorkhapatraonline.com · Tue May 26 03:14:16 GMT 2026

निला जस्तापाताले छाएको एकैनासका आकर्षक लहरै देखिने घरमा कोही पनि मान्छे बस्दैनन् । कालीकोटको नरहरिनाथ गाउँपालिकास्थित सुँगुरखालमा निर्मित एकीकृत बस्ती अहिले सुनसान छ । बस्ती रित्तो भएपछि यतिबेला कर्णाली प्रदेश सरकार र स्थानीय तहको करोडौँको लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ ।
वडा नं. ४ को लेखक्षेत्रमा बनेको यो बस्तीमा १४९ वटा घर, एक माध्यमिक विद्यालय, स्वास्थ्य संस्थासहितको आकर्षक एकीकृत बस्ती छ । प्राकृतिक विपत् र बाढीपहिरोको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यका साथ ठुलो सरकारी बजेट खर्चिएर घर निर्माण गरिएको भए पनि बस्ती विकासको योजनामा स्थानीयको जीवनयापनको दीर्घकालीन समस्यालाई ध्यान नदिँदा बस्ती रित्तिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)