किसानको बक्यौता भुक्तानीमा DDC को तीव्रता, दैनिक करिब १ करोड वितरण
barnanmedia.com · Tue May 26 03:11:35 GMT 2026

काठमाडौं । दुग्ध विकास संस्थान (DDC) ले किसानलाई दिन बाँकी रहेको रकम भुक्तानी प्रक्रिया तीव्र बनाएको जनाएको छ। संस्थानले हाल दैनिक रूपमा करिब रु. १ करोड किसानहरूलाई भुक्तानी गरिरहेको जानकारी दिएको हो।
दूध बिक्रीबापत लामो समयदेखि रोकिएको रकमका कारण किसानहरू समस्यामा परिरहेका बेला DDC ले चरणबद्ध रूपमा बक्यौता रकम वितरण गरिरहेको जनाएको छ। संस्थानका अनुसार उपलब्ध स्रोत र बजार व्यवस्थापनलाई ध्यानमा राख्दै दैनिक भुक्तानीको दर बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)